शनिबार , बैसाख ८, २०८१

काठमाडौं, २६ मंसिर:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रतिपक्षी दलले सरकारसँग लसपस गर्न नहुने धारणा राखेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले भने-“प्रतिपक्षले सरकारसँग लसपस गर्न हुँदैन् । यस्तो गर्यो भने प्रतिपक्षसँग जनताको भरोसा टुट्छ । हाम्रो सभापति शेरबहादुर देउवाले मलाई जे ब्रिफ गर्नुभयो, त्यो मैले भन्ने हो ।

हाम्रो सभापतिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा संवैधानिक नियुक्तीको विषयमा मात्रै कुरा भयो भन्नुभयो । हामीले त्यही पत्याऔं ।

तर, प्रश्न के हो भने ? भेटेको किन ? हाम्रो सभापतिले त संसदमा भेट्ने हो नि । यदि प्रधानमन्त्रीले बोलाएको भएपनि उहाँले भेट्दिन भन्नुपर्दथ्यो । पहिला संसद बैठक बोलाउ, संसदमा हुन्छ ।

प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ, प्रतिपक्षी दलको नेताले सम्बोधन गर्नुहुन्छ । खुल्ला हुन्छ । तपाईँ र मेरो भेट अध्याँरो कोठामा हुँदैन भन्नुपर्दथ्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय