२५ मंसिर, काठमाडौं:

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाउने आशा मारिसकेका छैनन् ।

तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालको मन लामो समयका सहयोद्धाको अनुनयले पग्लिहाल्ला कि भन्ने आशाले ओलीले स्वयं र आफू निकट नेताहरुमार्फत सहकार्यको प्रस्ताव राखिरहेकै छन् ।

तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार किनारमा पारिँदै आएका नेपालसँग (२०७५ जेठ ३ मा माओवादी र एमालेबीच) पार्टी एकतापछि लगभग संवादहीनताकै अवस्था थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर अगाडि बढेका उनले वरिष्ठ नेताको वरियता हेरफेर गरेर ‘अपमानित’ गर्ने, फरक मतलाई बहुमतले पेलेर जाने काम गरेका थिए ।

तर प्रचण्डसँग दुरी बढ्यो, पार्टीमा संकटमा पर्न थाले, लगातार नेपाललाई फकाउने प्रयासमा छन्, ओली ।

गत वैशाखमा अध्यादेश प्रकरणका कारण संकटमा परेका ओलीले प्रधानमन्त्री पद छोड्नु परे पूर्वएमाले (माधव नेपाल)लाई नै छोड्छु भनेर वरिष्ठ नेता नेपालको मन फर्काउने कोशिस गरेका थिए ।

त्यसबेला नेता नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । पछिल्लो विवादित राजनीतिक कोर्समा माधव नेपालले मुलतः ६ शर्त राखेका छन्, जसले ओलीका फकाउने प्रयासलाई निस्फल बनाइरहेको छ ।

नेपाल आफ्नो अडानमा कठोर भइरहे प्रचण्डतिरै हात बढाउने मनसाय देखिन्छ, ओलीमा ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय