बुधबार , बैसाख १२, २०८१

२५ मंसिर, काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली लचकताका साथ प्रस्तुत हुन तयार रहेको बताएका छन् ।

तर, दोहोर्‍याएर प्रधानमन्त्री हुन्न भनिसकेको व्यक्तिलाई जबर्जस्ती नगरी सम्मानजक निकासको मौका दिनुपर्ने भट्टराईको मत छ ।

कमलदेव भट्टराई र सइन्द्र राईसँग कुराकानी गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. भट्टराईले भने, ‘प्रधानमन्त्री अधिकतम लचकताका साथ प्रस्तुत हुन तयार हुनुहुन्छ ।

म फेरि प्रधानमन्त्री हुन्न भनेपछि हरेक व्यक्तिले ‘डिग्नीफाई र ग्रेसफुल इक्जिट’ खोज्छ । त्यसो गरिएमा नेकपामा पनि सुरक्षित हुन्छ । मुलुक र जनताले चाहेको बाटो पनि अगाडि बढ्छ ।’

पछिल्लो समय नेपालमा भारत र चीनबाट उच्चस्तरीय भ्रमणहरु बढिरहेका छन् । विशेष गरी भारत–नेपाल सम्बन्धमा नयाँ परिघटनाहरु देखिन थालेका छन् ।

हामीले डा. भट्टराईसँग मुख्यतः परराष्ट्र मामिलाका यिनै विषयहरुमा केन्द्रित रहेर कुराकानी गरेका छौं । तर, नेकपाका युवा नेतासमेत रहेका हुनाले डा. भट्टराईसँग परराष्ट्र मामिलासँगै घरेलु राजनीतिकका बारेमा पनि कुराकानी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय