सोमबार , अषोज १७, २०७९

नेताले भ्रष्टाचार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, कसुर अनुसारको दण्ड सजाय पनि हुनै पर्दछ: हर्क साम्पाङ

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

प्रकाशित मिति । २२ साउन, २०७९ ।

 

काठमाडौ। सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए। उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए।

 

एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए।हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्।

 

विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए। उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छ्न्।अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे।

 

त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए।

 

तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे।

 

सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो।सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो। अहिले पनि धरानमा खानेपानी अभाव छ। साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले।

 

खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए।धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए ।

 

उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहिरहे। ‘सतिसाल’झँै नागरिकका सानातिना समस्यामा उहाँ आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन्।जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ।

 

त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन्। “यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ। तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो।

 

उहाँहरुप्रति धेरै कृतज्ञ छु”, नवनिर्वाचित साम्पाङले भने।विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा थिए। ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए। भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ।

 

उनी भन्छन्, नेताले भ्रष्टाचार गरे राजिनामा उनी भन्छन्, नेताले भ्रष्टाचार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, कसुर अनुसारको दण्ड सजाय पनि हुनै पर्दछ।’उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन्। “धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उनि भन्छन्।

 

धमाधम स्थानीय पाठ्यक्रम पढाउँदै पालिका

 

गलकोट, जैमिनी, ढोरपाटन र बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन

 

बागलुङ, म्याग्दी‚ लमजुङ — स्थानीय तह माध्यामिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकारसमेत छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ ।

 

सोही अधिकार र निर्देशन बमोजिम गण्डकी प्रदेशका स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाएर पढाउनसमेत सुरु गरेका छन् ।

 

कृषि, उद्यमशिलता पर्यटन, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधी जस्ता विभिन्न ९/१० वटासम्म विषय क्षेत्र समेटेर स्थानीय तहले पाठ्यक्रम बनाइरहेका स्थानीय पाठ्यक्रम निर्माणमा सहजीकरण गर्दै आएका साभ नेपालका अध्यक्ष तुलसी प्रभास खनालले बताए ।

 

‘स्थानीय तहले कक्षा १ देखि ८ सम्म अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम बनाउनुपर्छ’ उनले भने, ‘पछिल्लो समय केही स्थानीय तहले पाठ्यक्रम बनाएर लागू गरिसकेका छन भने अन्यले पाठ्यक्रम बनाइरहेका छन ।’ खनालले १० स्थानीय तहमा पुगेर पाठ्यक्रम निर्माणमा सहजीकरण गरिसकेका छन । स्थानीय पाठ्यपुस्तक बनाएर पढाउने स्याङजाको भीरकोट नगरपालिका देशकै पहिलो भएको खनालले बताए । अहिले स्याङजाका फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकाले पनि पाठ्यक्रम बनाइसकेका छन ।

 

बागलुङका केही पालिकाले पाठ्यक्रम बनाइसकेका छन् । आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पाठ्यक्रम बनाएर पढाउन थालेका हुन् । आगामी वर्ष कक्षा ५ सम्मको पाठ्क्रम लागू गर्ने तयारी भएको गाउँ शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताए । ताराखोला गाउँपालिकाले पनि गत शैक्षिकसत्र बाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो ।

 

ताराखोलाको पाठ्यक्रममा स्थानीय उत्पादन र मगर संस्कृतिबारे बढी सामग्री संकलन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताए । बरेङले चालु शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको हो । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘कक्षा १० सम्मै पुग्ने लक्ष्य छ, २०८० सालमा कक्षा ७ सम्मको पढाइ थाल्छौं’ उनले भने । तमानखोलाले छन्त्याल संस्कृतिलाई पाठ्यक्रममा जोडेको छ ।

 

‘पर्यटकीय क्षेत्र भनेर पोखरा र लुम्बिनी मात्रै पढेका बालबालिकाले आफ्नै पहाड र तालको नाम पनि जान्न पाएका छन्’ स्थानीय भवीन्द्र पुनले भने । यसले बालबालिकालाई आफ्नै माटोमा जोडेको उनले बताए । बडिगाड, निसीखोला र काठेखोला गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रमको तयारी गरेको बताएका छन् । मस्यौदा लेखनको काम भैरहेको र त्यसपछि छलफल गरेर अन्तिम रुप दिने योजना बनाएको बडिगाडकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

 

सदरमुकामस्थित बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन । गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाले पनि पाठ्यक्रममा प्रगति गर्न सकेका छैनन् । साधन स्रोत धेरै भए पनि नगरपालिका तहमा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय