२४ मंसिर, काठमाडौं:

चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन भएको प्रतिक्रिया दिएको छ ।

उचाइ घोषणा भएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले संसार नै कोरोना भाइरसले अति प्रभावित

भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको संचार गरेको समेत बताए । उनले भने,‘नेपाली पक्षले उल्लेख गरेझै हाम्रो मित्रवत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुनेछ । ’

उनले अनेकौं प्रतिकुलताका बाबजुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको कठिन कामको प्रतिफलको रुपमा नयाँ उचाई घोषणा भएको समेत बताए ।

उनले अगाडि भने,‘ चिनियाँ पक्ष इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न तयार छ ।

यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्याण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौ ।’ प्रवक्ता लिजानले सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइ भएको समेत टिप्‍पणी गरे ।

उनले अगाडि भने, ‘कोभिड–१९ ले अझै पनि भयावह अवस्था सिर्जना गरिरहेको छ । मुलुकहरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्नेछौं ।’ अनलाईन खबरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय