बिहिबार , चैत्र १५, २०८०

नेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन् । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन् ।

 

एमाले चाँगुनारायण ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन् । उनले भने अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन।

 

एमाले सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने यतिखेर एमाले प्रतिपक्षमा छ गतिशील छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यो आम जनताको विश्वासले हो ।

 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलावाग्मती प्रदेशसभा सदस्य सरस्वती

 

वाटी जिल्ला कमिटीका राजु सुवेदी नगर कमिटीका अध्यक्ष राम तिमल्सिना वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय