शुक्रबार , बैसाख ७, २०८१

२४ मंसिर, काठमाडौं:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् ।

आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् ।

उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ ।

‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन ।

हामी मिलौं’, ओलीको प्रस्ताव थियो । तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए ।

जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् । ‘माधव कमरेडलाई म राम्ररी चिन्छु ।

तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’

विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए ।

ओलीको दाबीको काउन्टरमा उनले ‘तपाईले अहिले धोका दिनु भएको छ, भोलिको के कुरा गर्नू ? भनेका थिए ।

पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेको स्रोतले जनायो । तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय