बिहिबार , चैत्र १५, २०८०

मंसिर २४, काठमाण्डौ:

सरकारले सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री पार्वत गुरुङले भत्ताबाट बञ्चित हजारौं व्यक्ति लाभान्वित हुने गरी अध्यादेश ल्याइएको बताएका हुन् ।

अध्यादेशबाट विगतमा भत्ता पाएका तर २०७५ सालको ऐन जारी भएपछि भत्ताबाट बञ्चित भएका अपांग, एकल महिला र विदेशमा सेवा गरेर पेन्सन पाइरहेकाहरुलाई पनि भत्ता दिने बाटो खुलेको मन्त्री गुरुङले उल्लेख गरे ।

त्यसैगरी बंगलादेश सरकारबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिइएको छ । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्षका लागि थप गर्न गर्ने निर्णय सरकारले गरेको छ ।

सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढीलो

भएबापत नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

खाद्य पदार्थको गुण, स्तर निर्धारण सम्बन्धी आदेश स्वीकृत गर्ने र पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी सुरक्षा तथा नियमन आदेश, स्वीकृत गर्ने निर्णय पनि भएको उहाले बताए ।

पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने गरि व्यवस्था पनि गरिएको छ । अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउने मन्त्री गुरुङले बताए । यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।

सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल,

चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । अब यी अस्पतालको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको हुनेछ ।

मन्त्रिपरिष्याद बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समितिका कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा। विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ ।

हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

नागढुङ्गा–नौविसे–मुग्लिन सडक खण्डको नौबिसे–मुग्लिन खण्डका खहरे खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुलहरु निर्माणका लागि आवश्यक पर्ने जग्ग प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय