२४ मंसिर, काठमाडौं:

वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार निधन भएको छ ।

मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो ।

डा. जोशीका घनिष्ट मित्र रहेका डा. शर्माका अनुसार, अघिल्लो सोमबार मात्र रोग पहिचान भएको थियो ।

त्यसलगत्तै मेडसिटीको इन्टेन्टिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार थालिए पनि बचाउन नसकिएको दुःख डा. शर्माले व्यक्त गरे ।

डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरुको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । तर, मंगलबार साँझबाट उनको स्थिती एकाएक बिग्रिन थालेपछि अनेक प्रयास गर्दा पनि बचाउन नसकेको डा. शर्माले बताए ।

‘कतिपय रोग नै यस्तो हुन्छ, जसमा चिकित्सा विज्ञान निरिह बन्छ, उपचारमा संलग्न डाक्टरहरु मृत्युको साक्षी बन्नुपर्छ’, उनले भने, ‘लवको हकमा त्यस्तै भयो ।

उसलाई अस्पतालमा राखेर पनि एकसाता भन्दा बढी बचाउन सकिएन ।’ मुटुरोग रोग विषेशज्ञ डा. लव जोशी इन्सेन्टिभ केयरमा समेत दख्खल राख्थे ।

ओम अस्पताल होस् या मेडिसिटी, उनले मुटुरोग विभाग र आईसीयूको नेतृत्व गरे । मेडिसिटी अस्पतालको कोभिड टास्क फोर्सको नेतृत्व पनि उनैले सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय