आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, २४ मंसिर:

प्रधानमन्त्री केपी शर्मा ओलीको मङ्गलबार दुईवटा छुट्टाछुट्टै अभिव्यक्ति आयो ।

एउटा सगरमाथाको उचाई बढेको खुशियालीमा र अर्को उदघाटन कार्यक्रममा ।

ती दुवैमा बोल्दा उनले भारतको नाम नलिई असन्तुष्टि पोखे ।सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेकोमा खुशी व्यक्त गर्दै विगतको मापनप्रति आशंका व्यक्त गरे ।

उनले भने, ‘सगरमाथाको नयाँ उचाईको तथ्यांक उचाई बढेर हुनसक्छ वा विगतको उचाईको मापन उपयुक्त संयन्त्र, विधि र मूल्यांकन समुचित ढंगले हुन नसकेर हुनसक्छ ।’

स्मरणीय रहोस् विगतमा सगरमाथाको उचाई भारतीय पक्षले गरेको थियो । ८८४८ मिटर अग्लो भनिएको उक्त उचाई सर्वे अफ इन्डियाले सन् १९५४ मा गरेको थियो ।

प्रधानमन्त्री ओलीले विगतको मापनको विश्वसनीयतामा आशंका गरे । यसपटक चीनसँग मिलेर नेपालले संयुक्त रुपमा मापन गरेको थियो ।

घोषणा पनि संयुक्त रुपमा गर्यो । घोषणा गर्दा चीनका विदेशमन्त्री वाङ यीले वटन दबाएका थिए । भर्चुअल माध्यममा भएको घोषणामा परराष्ट्रमन्त्रीसहितको नेपाली टोलीले भने थपडी मात्र बजायो ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिंदा बढी विश्वसनीय, भरपर्दो होस् भनेर नेपाल र चीनले संयुक्त रुपमा मापन गरेको बताए । यसैगरी, प्रधानमन्त्री ओलीले किर्तिपुरको सुन्दरीघाट चोभारस्थित शान्ति सुद्धम्मावासा जेष्ठ नागरिक आवास गृहको शिलान्यासमा पनि भारतप्रति असन्तुष्टि पोखे ।

उनले बुद्ध नेपालमा जन्मिएको विषयलाई भारतले पाठ्यक्रममा नसच्याएको भन्दै तत्काल सच्याउन भने ।

‘अमेरिकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मिएको उल्लेख गरिसकेको छ, अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मिएको हो भन्ने विषय तत्काल सच्याउनुपर्छ ।’

भारतको पाठ्यक्रममा अझैपनि ‘बुद्ध भारतमा जन्मिएको’ उल्लेख गरिएको विषय बेला बेलामा आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय