बुधबार , बैसाख १२, २०८१

सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले रवि लामिछाने, रमेश खरेल, स्वागत नेपाल र आफ्नो एउटै पार्टी बनाएर साझा चुनाव चिन्ह लिएर चुनावमा जाने बताएका छन् ।

 

अहिले स्थानीय तहको चुनाव देखि नै देश भरी स्वतन्त्र उम्मेदवारहरुको लहर बढेर गएको छ । प्रदेशको चुनाव मंसिर ४ गते हुने घोषणा भइसकेको छ । अब प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारहरु मिलेर चुनाव जितेर संसदमा गएर गरिबी जनताको आवाज उठाउने र राष्ट्रघातीहरुलाई संसदबाट पास गर्न नदिई अहिले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता भएकोले वैकल्पिक शक्ति निमार्ण गर्नुपर्ने स्वतन्त्र उम्मेदवारहरुको आवाज रहेको छ ।

 

अब संसदको चुनावमा अहिले भएका नयाँ पार्टी सुशासन पार्टी, उन्नत लोकतन्त्र पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरु मिलेर साझा चुनाव चिन्ह लिएर देश भरिनै चुनाव लडेर बहुमतको सरकार बनाउने बताएका छन् ।

 

टिभी टुडे चक्रव्युह कार्यक्रममा पत्रकार हिमाल बस्नेतसँगको कुराकानीमा प्रसाईले भने, ‘अहिले भएको पार्टीहरुले सत्ता सञ्चालन गरिराखे अबको १० वर्ष पछि देश नरहने सम्भावना रहेकोले यो देशलाई बचाउन नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ ।

 

रमेश खरेल, स्वागत नेपाल, रोमलाल गिरी र आफुहरु मिलेर अगाडी बढेर चुनाव चिन्ह छनोट गरी अहिले नै चार वटा दल मिलेर पुरानो सत्तालाई चुनौति दिन नसक्ने भएकोले आशाको सञ्चार जगाउँनको लागि रवि लामिछाने र अरुपनि केही राम्रा मान्छेहरुलाई पनि समेटेर जान सकेमा एउटा शक्ति नै निर्माण हुनसक्ने उनले बताए ।

 

विश्वमा अहिले पुँजीवादको अन्त्य भएकोले आफुहरुले तेस्रो धार निर्माण गर्ने र अब यहि बिहीबार पार्टी एकता गर्ने सुशासन पार्टी, उन्नत लोकतन्त्र पार्टी, सचेत नेपाली पार्टी र नेपाल आमा पार्टीहरुको चुनाव चिन्ह साझा गरेर जाने बताएका छन् ।आफुले संसदको चुनाव काठमाडौं क्षेत्र न.२ बाट चुनाव लड्ने र आफुले संसद जितेर राष्ट्र घाती सन्धी, नागरिकता विधेयक र एसपीपीहरु पास हुने अवस्थामा आएमा आफुले बोलेर रोक्न नसके त्यही भित्र पास गर्ने तयार भएका संसदहरुलाई ‘सेक्युरिटी’ को बन्दुक उठाएर गोली ठोक्न नि सक्ने उनले चेतावनी दिएका छन् ।

 

आफु भएको सदनमा कुनै पनि राष्ट्रघाती सन्धी, सम्झौताहरु र विधेयकहरु पास नगर्न ‘ग्यारेन्टि’ दिने उनले बताएका छन् ।आफुले संसदको चुनाव काठमाडौं क्षेत्र न.२ बाट चुनाव लड्ने र आफुले संसद जितेर राष्ट्र घाती सन्धी, नागरिकता विधेयक र एसपीपीहरु पास हुने अवस्थामा आएमा आफुले बोलेर रोक्न नसके त्यही भित्र पास गर्ने तयार भएका संसदहरुलाई ‘सेक्युरिटी’ को बन्दुक उठाएर गोली ठोक्न नि सक्ने उनले चेतावनी दिएका छन् ।

 

आफु भएको सदनमा कुनै पनि राष्ट्रघाती सन्धी, सम्झौताहरु र विधेयकहरु पास नगर्न ‘ग्यारेन्टि’ दिने उनले बताएका छन् ।अहिले कांग्रेस र कम्युनिष्टहरुले देश लुटेको र पार्टी नबदलिय देशको भविष्य नबन्ने भएकोले अब पार्टी बदलनको लागि कांग्रेस र कम्युनिष्टहरु सचेत नेपाली पार्टीमा आउनु पर्ने बताएका छन् ।

 

आफुहरु मिलिसकेपछि १६५ ठाउँबाटै उम्मेदवार उठाएर सरकार बनाउने रणनीतिले अगाडी बढाएर बहुमतको सरकार बनाउने उनले बताए ।

 

यो देशको सेनालाई शक्तिशाली नबनाइ राखेमा यो देश नरहने तर नेपालमा सेना भएको कारणले मात्र विदेशीहरु डराएर बसेको बताएका छन् ।

केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले टिको लगाएर बनाएको न्यायाधीशले अर्थमन्त्री र शेरबहादुर देउवालाई कार्वाही गर्ने नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय