बिहिबार , बैसाख १३, २०८१

एजेन्सि:

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख । डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् ।

खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ।

अमेरिकामा दैनिक कोरोना संक्रमणको वृद्धिसमा नयाँ रेकर्ड कायम भइरहँदा डा. स्लावीको अभिव्यक्तिपछि त्यहाँ केही आशा जागेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय