शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

सत्तारुढ दल नेकपामा शक्ति सङ्घर्ष उत्कर्षमा पुगिरहेका बेला मङ्सिर २१ गते सुरु भएको छैठौँ स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ ।

सदस्यहरूलाई दुई अध्यक्षका प्रतिवेदन लगायतका अन्य चिठी पत्र र सवालजबाफको मिहीन अध्ययन गर्न एक साताको समय छुट्याइएको छ ।

शीर्ष नेताहरूबीच औपचारिक अनौपचारिक संवाद र छलफल गर्न सहयोग पुग्ने उद्देश्यसहित डकुमेन्ट अध्ययनका नाममा स्थायी समिति एक साता लामो समय स्थगित गरिएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको भौतिक अनुपस्थितिमै आइतबार । बसेको बैठकमा पत्रमार्फत उनले आफू अनुपस्थित हुनुको कारण खुलाएका मात्रै छैनन् ।

उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले पार्टीभित्र स्वस्थ र मर्यादित छलफलको सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा ।

पौडेलले यस्तो बताए पनि स्थायी समिति बैठक स्थगित भएको तेस्रो दिनसम्म ओली प्रचण्डबीच संवाद या छलफल भने सुरु भइसकेको छैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ एक साताको समयमा सहमतिको खोजीका लागि नेताहरूले अधिकतम पहलकदमी लिनसक्ने बताउँछन् ।

‘दुवै प्रस्ताव थाती राखेर नयाँ प्रस्ताव तयार पार्नका लागि पनि यो बीचमा अधिकतम पहलकदमी गर्नु आवश्यक छ’, ओलीनिकट मानिने नेता गुरुङले भने, ‘यसका लागि एक साताको समय मिलेको छ ।’

त्यसो त स्थायी समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवैजनाको प्रस्तावमा छलफल गरेर निकास निकाल्न सकिने सङ्केत पनि गरेका छन् ।

जसले गर्दा पार्टीमा एकपछि अर्को समस्या थपिँदै जाँदा दुई अध्यक्षबीच आरोप प्रत्यारोप नै चल्न पुगेपछि मङ्सिर २१ बाट सुरु स्थायी समितिमा समेत उनी सहभागी बनेन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय