“काठमाडौं:

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्।

“नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा

कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

केही दिन अघि पार्टी कार्यालयमा राखिएको सचिवालय बैठक प्रधानमन्त्रीको सुरक्षाका कारण बालुवाटार सारिएको थियो । उनले आफुलाई सुरक्षा खतरा रहेको जानकारी सुरक्षाकर्मीले दिएको भन्दै नेताहरुलाई जानकारी गराएका थिए ।

“आफ्नै पार्टी कार्यालय जान सुरक्षा खतरा रहेको जानकारी प्रधानमन्त्रीले गराएपछि धुम्बाराहीका लागि तय गरिएको सचिवालय बैठक बालुवाटार सारिएको हो ।

“पार्टी कार्यालयमा त्यसपछि राखिएको स्थायी समिति बैठकमा पनि प्रधानमन्त्री उपस्थित भएनन् । उनले बैठकमा लिखित सम्बोधन पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय