मंगलबार , बैसाख ११, २०८१

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ । मिति घोषणाअघि नै दलहरु चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।यसपटक प्रमुख राजनीतिक दलका नेताहरुले पुरानै क्षेत्रबाट चुनाव लड्लान् वा अरु क्षेत्र रोज्लान् भन्ने चासो छ ।

 

 

 

प्रायःजसो शीर्ष नेताहरु यसअघिकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सम्भावना छ ।तर कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा दम्पतीको निर्वाचन क्षेत्र हेरफेरको तयारी भएको स्रोतको दाबी छ । सत्ता गठबन्धनमा रहेका नेताहरुबीच पनि अनौपचारिकरुपमा यो विषयले प्रवेश पाएको छ ।

 

 

 

कांग्रेसभित्र पनि आरजु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको भन्ने चर्चा व्यापक छ । त्यसैले आरजु सहज निर्वाचन क्षेत्रबाट निर्वाचित हुने चाहनामा रहेको स्रोतको दाबी छ ।तर कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच भएको भनिएको सम्झौता ‘पूर्ण सही होइन र पूरै गलत पनि होइन’ ।

 

 

अहिले कांग्रेसमा चुनावपछि प्रधानमन्त्रीको दौडमा आफू पनि रहेको महामन्त्री गगन थापाले सार्वजनिकरुपमा भनिसकेका छन् । त्यसैले त्यस्तो सहमति कार्यान्वयनमा जाने कुरा सीधै नकारिने ती पदाधिकारीको तर्क छ ।सत्ता गठबन्धनमा नेताहरुबीचमा समेत देउवा र पत्नी आरजुको निर्वाचन क्षेत्रलाई लिएर चर्चा हुँदै आएको छ ।

 

 

 

डडेलधुराबाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका देउवा यसपटक कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ मा गएर डडेलधुरा आरजुका लागि छाडिदिन सक्ने अवस्थामा पुगेको कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् ।यसअघि देउवा ०६४ को संविधानसभा निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ नम्बर (हालको ३)

 

र डडेल्धुरबाट निर्वाचित भएका थिए । पछि उनले कञ्चनपुर छाडेका थिए ।२०४८, २०५१, २०५६, २०७४ को प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेलधुराबाट निर्वाचित भएका थिए ।यसबाहेक उनी २०७० मा कैलाली ६ सहित डडेलधुराबाट समेत देउवा निर्वाचित भएका थिए ।

 

 

देउवा पत्नी आरजु कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । उनी पराजित भएकी थिइन् ।शेरबहादुर देउवा डडेलधुराबाटै चुनावी प्रतिष्पर्धामा उत्रिए आरजु कञ्चनपुर जाने सम्भावना रहेको एक नेता बताउँछन् ।

 

 

नेपाल प्रेस युनियन कैलालीले २०७८ चैत १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा डा. आरजु राणा देउवाले आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उमेदवारी दिने तयारीमा रहेको बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय