बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर २९ गते हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलबार परिपत्र गरेर मातहतलाई माउ पार्टी काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका हुन् ।

मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरेको छ ।

अध्यक्ष  बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिए ।

तनहुँमा मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक पटक सरकारबाट गरिएका विभेद,

पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिलाई विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय