शुक्रबार , चैत्र १६, २०८०

२३ मंसिर काठमाडौं:

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला मंगलबार बालुवाटारमा सर्वदलीय बैठकको निम्तो मानेर फर्किएका छन् ।

प्रधानमन्त्रीले यसरी बैठक बोलाउनु सकारात्मक भए पनि बैठकमा ओलीको प्रस्तुती देखेर सिटौला निराश देखिएका छन् । देशको वास्तविक अवस्थाबारे प्रधानमन्त्री ओली ‘अपडेट’ नभएको र गुमराहमा परिरहेको सिटौलाको निश्कर्ष छ ।

कुवाको भ्यागुतोले कुवालाई नै संसार ठानेजस्तै प्रधानमन्त्री ओलीले पनि बालुवाटारलाई नै देश ठानेको सिटौलाले बताए ।

प्रधानमन्त्री ओलीको प्रस्तुतिबारे टिप्पणी गर्दै सिटौलाले अनलाइनखबरसँग भने, ‘उहाँको आजको प्रस्तुति हेर्दा उहाँले कुवाको भ्यागुतोजस्तो बालुवाटारलाई नै देश ठान्नुभएको छ ।’

प्रस्तुत छ, सिटौलासँग गरिएको छोटो कुराकानी:

आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको थियो, के रहेछ प्रधानमन्त्रीको एजेण्डा ?

प्रधानमन्त्रीजीको खासै एजेण्डा र प्रस्ताव थिएन । उहाँले शुरुमा विषय प्रवेश गरेर कोरोना संक्रमण महामारीको कुरा उठाउनुभयो ।

हामीले परीक्षण, उपचार सबै कुरामा प्रयास गरिरहेका छौं, भ्याक्सिन पनि जनतालाई छिट्टै उपलब्ध गराउँछौं भन्नुभयो । सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना मात्रै भएको छ, यहाँ प्रतिक्रियावादी शक्तिहरुले शीर ठाडो पार्ने मौका पाइरहेका छन् भन्नुभयो ।

आफ्नै दलभित्रको विषयमा पनि कुरा गर्नुभयो । हिजो विप्लव माओवादीले शिक्षकको घाँटी रेटेर मारेको विषयमा पनि कुरा गर्नुभयो । उहाँले विषय प्रवेश गर्दा गरेको जुन चर्चा हो, त्यसमा खासै एजेण्डा थिएन ।

उसोभए, सर्वदलीय बोलाउनको उद्देश्य के रहेछ ?

लामो समय भएको थियो सर्वदलीय बैठक नभएको, त्यसैले म अब सबै दलहरुको विचारलाई कदर गरेर अगाडि जान्छु भन्ने सन्देश दिनलाई हो सायद । कहिलेकाँही प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक गर्नु र उनीहरुको कुरा सुन्नुलाई राम्रो नै मान्नुपर्छ ।

सर्वदलीय बैठकको खास निष्कर्षचाहिँ के निस्कियो त ?

उहाँले विषय प्रवेश गरेपछि नेपाली कांग्रेसका तर्फबाट हामीले प्रष्टरुपमा भनेका छौं, सरकारको तीन वर्षको कार्यकालको मूल्याङ्कन गर्दा सरकार असफल देखिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था छ, यसमाथि अहिले प्रतिक्रियावादीको शीर उठ्न थाल्यो भन्ने प्रधानमन्त्रीले भन्नुभयो, यसको मूल कारण पनि सरकार नै हो । उहाँ नै हो ।

तपाईले (प्रधानमन्त्रीले) संवैधानिक निकायहरुलाई पनि स्वतन्त्र ढंगले काम गर्न दिनुभएन । प्रहरी प्रशासनलाई पनि स्वतन्त्र काम गर्न दिनुभएन् । धेरै ठाउँमा दमन गर्नुभयो, तनहुँको एउटा हो, अरु पनि थुप्रै घटना छन् ।

कोभिड-१९ को महामारीबाट जनतालाई जोगाउन ठोस व्यवस्थापन गर्न सक्नुभएन । गरिव जनता उपचार गर्न नसकेर घरमै मर्न बाध्य छन् । निजी क्षेत्रमा गएर उपचार गर्न सक्ने ल्याकत छैन गरिव मान्छेको ।

तमाम कुरामा सरकारले बेवास्ता गरेका कारण जनताको मनोवल गिरेको छ । जनता निराश छन् तपाईको सरकारप्रति प्रधानमन्त्रीजी, यो तपाईले आत्ममूल्याङकन गर्नुस् भन्यौं  ।

कमसेकम आज धेरै समयपछि बोलाएर यति कुरा भन्ने मौका दिनुभयो ।

कांङ्ग्रेसले जस्तै अरु दलले पनि सरकारको आलोचना गरे ?

आज त्यहाँ जनमोर्चाले पनि खासगरी सरकारको आलोचना नै गरेको छ ।

जनता समाजवादी पार्टीले पनि आलोचना नै गरेको छ । नारायणमान बिजुक्छेले पनि आलोचना गरे । आज त्यहाँ सरकारले राम्रो काम गरेको छ भनेर एकजनाले पनि बोल्नुभएन ।

सत्तापक्षका अन्य नेताहरुले नि ? सत्तापक्षका शीर्ष नेताहरु सबै हुनुहुन्थ्यो । आज उहाँहरु कसैले पनि बोल्नुभएन । अनलाईन खबरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय