बिहिबार , चैत्र १५, २०८०

कीर्तिपुर, २३ मंसिर:

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको बताउनुभएको छ ।

उहाँले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पूरा हुन नसक्ने जिकिर गर्नुभएको छ ।

कीर्तिपुरको सुन्दरीघाट चोभारस्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उहाँले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यै पनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘हामी नेपालीहरु बुद्धका अनुयायी हौं, हामीले जहिल्यैपनि स्वार्थी नभै सत्यका पूजारी हुनुपर्छ’, उहाले भन्नुभयो ।

पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेकोतर्फ इंगित गर्दै उहाँले नेपाली समाज पदभ्रष्ट हुन खोजिरहेको बताउनुभयो ।

नेकपा विप्लब समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलीमा हत्या गरेको बताउदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ । अब फेरि त्यतैतिर फर्काउने अवस्था आएको छ । त्यस्ता समूह कमाउने होइन, सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन् ।’

नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उहाँले भन्नभयो, ‘अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन् । त्यस्तो प्रवृतिलाई सफल हुन दिन्नौ ।’

पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘पंखा चलाउदैमा आधि आउदैन । साच्चिकै आँधी ल्याउनुपर्छ ।’ उहाँले नेपाल बुद्धभुमी मात्र नभई बुद्धदर्शनको मुहान भएको बताउनुभयो ।

भन्नुभयो, ‘शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभुमी भएको छ ।’

धर्म, आस्था र भगवानको नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै ओलीले भन्नुभयो, ‘हरेक धर्म शान्ति र मेलमिलापिको निम्ति हुनुपर्छ ।’

बुद्ध नेपालमा जन्मेको विषयलाई कुनैपनि मुलुकले अतिरञ्जित गरी प्रचार गर्न नहुने बताउदै ओलीले भन्नुभयो, ‘अमेरीकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेको छ ।

अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो, भन्ने विषय तत्काल सच्याउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय