बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, २३ मंसिर:

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहविरुद्ध कठोर हुने संकेत गरेका छन् ।

उनले संविधानविरोधी र हिंसात्मक गतिविधिहरु गर्नेविरुद्ध एकजुट हुन आग्रह गर्दै त्यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सर्वदीय बैठक राख्नुपरेको कारण र विषयबारे उल्लेख गर्दै ओलीले शुरुमै ब्रिफिङ गरेका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाँ बायाँ सिटमा राखेर ओलीले देशमा संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेहरु सल्बलाएको विषय उल्लेख गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध एकजुट हुन आग्रह गरेको जानकारी गराए ।

परिवर्तन र प्राप्त उपलब्धि उल्टाउन विभिन्न बहानामा सक्रियता बढेकोतर्फ सचेत र सतर्क हुनुपर्नेमा समेत उनले जोड दिएका थिए ।

उनले अस्थिरता मच्चाउन खोज्ने र देशको समृद्धि र विकास रोक्न खोज्नेविरुद्ध एकजुट हुनु आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय