शनिबार , बैसाख ८, २०८१

,प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

 

 

 

 

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’यो पनि माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो रु कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?माइतीघरको सडकमा पसारिएर

 

 

 

‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे रु कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे रु महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न चौतर्फी दबाब

वडाध्यक्षलाई घोक्र्याउँदै पौडी पोखरी (स्वीमिङ पुल) मा हुत्याउने इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही गर्न चौतर्फी माग गरिएको छ ।

 

 

 

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डीएसपी केसीले नगरसभा भइरहेको मणिग्रामस्थित एक होटलको ‘स्वीमङपुल’ आइतवार धकेलिदिएका थिए नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले नाराबाजी गरेका थिए ।

 

 

 

त्यहीँ विषयमा आफ्नो कुरा राख्दै गर्दा डीएसपीलाई आफूलाई अभद्र व्यवहार गर्दै पौडी पोखरीमा फालेको भन्दै वडा अध्यक्ष क्षेत्रीले कारबाहीको माग गरे ।नगरसभामा बहुमत संख्या भए पनि एमालेका जनप्रतिनिधिलाई हाजिरी गर्न नदिएर कोरम नपुगेको भन्दै नगर प्रमुखले नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।

 

 

 

एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई गृहमन्त्रीले आफ्ना भाइ मेयर भएको नगरमा प्रहरीले वडा अध्यक्षमाथि ज्यादति गरेको भन्दै डीएसपी केसीलाई कारबाही गर्न माग गरेका थिए ।एमाले रूपन्देहीले डीएसपी केसीलाई कारबाही गर्न माग गर्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

 

 

 

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले वडा अध्यक्ष र एमालेका जनप्रतिनिधिलाई दमन गर्ने प्रहरी र विवादास्पद भूमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रजिअलाई निवेदन दिएको बताए ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय