बिहिबार , बैसाख १३, २०८१

काठमाडौ:

अहिले राजनीतिक ताप राप्रपा नेपालका अध्यक्ष कमल थापालेपनि बढाइदिएका छन् ।

उनले तत्कालिन नेकपा माओवादी र राजासँग हुन खोजेका सहकार्यका प्रयास र रणनीति बारे मुख खोलेपछि त्यो बेला माओवादीको नेतृत्व गर्ने अध्यक्ष पुष्पकमल दाहाल

प्रचण्ड र वार्ताका लागि प्रयास गर्ने नेता डा. बाबुराम भट्टराईमाथी गम्भीर प्रश उठेको छ । कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली चरित्र ।

अनि डा. बाबुराम भट्टराईको दोचारे चरित्र भन्दै सेयर गरे । त्यसमा डा. भट्टराईले प्रतिक्रिया दिए १, नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लाश ब्युॅतिनु उस्तै कुरा हो।

कोही किन आत्तिने ? २, मैले २०६०को वार्तामा कमल थापासँग भनेको यसो हो ।

राजालाई भन्नोस् यदि थप अप्ठ्यारो (सामाजिक मापदण्डका कारण एक शब्द संशोधित) रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ ।

उनले भने त्यो त भन्न सक्दिन । त्यसपछि त्यो प्रतिक्रियालाईपनि कमल थापाले जवाफ फर्काएका छन् ।

हापुरे वार्ता अघि नेपालगञ्जमा धवल शमसेर जवराको घरमा हामी दुई सहपाठीबिच भएको र २०६४ चैतमा संबिधानसभा चुनाव अघि बालाजुमा चुनाव स्थगित गर्ने माओवादी प्रस्ताव वारे भएको कुराकानी

( दोस्रोपटक प्रचण्डसहितको उपस्थितिमा ) शायद बाबुरामले बिर्सनु भएको छैन । त्यसवारेको चर्चा भविष्यको लागि छोडने होकि ? यति कुरा बाहिर आएपछि माओवादीको हिँजोको रणनीति के थियो भन्ने कुरा विस्तारै खुल्दै गएका छन् ।

सायद कमल थापाले यी कुरा बाहिर ल्याउँदै जानेछन् । किनकी धेरै कुराको साक्षी उनीपनि हुन् । उक्त भिडियोमा कमल थापाले भनेका छन् । वार्तामा मलाई बाबुराम भट्टराईले राजाले हामीलाई सत्ता दिन तयार हुन्छन् की हुँदैनन् ।

राजा र हामीबीच सहकार्य हुन सक्छ की सक्दैन । राजालाई सम्झाई दिनुपर्यो ।जब राजाबाट प्रजातान्त्रिक बल र प्रजातन्त्रलाई निषेध गरेर माओवादीलाई सत्ता सुम्पिन नचाहेपछि

अनि मात्र माओवादीले दिल्लीको बाटो लागेर अन्य दलसँग सहकार्य गरेका हुन् । त्यस बाहेक अन्य दल र दलका नेताहरु भने सबै लहैलहैमा लागर मात्र गणतन्त्रको बाटोमा आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय