मंगलबार , चैत्र ६, २०८०

एजेन्सी: मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिली हिन्दू महिला भएकी छन्। सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्।

 

मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन्। उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन्। उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो। त्यसपछि मनिषाकी आमाले आफ्ना पाँच सन्तान एक्लै हुर्काइन्।

 

उनले आफ्ना बालबालिकाको राम्रो शिक्षा दिक्षाको लागि पाकिस्तानको ठूलो शहर कराँची सरिन्आ। माको संघर्षको कारण मनिषाका तीन बहिनीहरू अहिले एमबीबीएस डाक्टर भएका छन् भने उनका कान्छो भाइ मेडिकल म्यानेजमेन्ट पढिरहेका छन्। स्वतन्त्र रूपमा डिएसपीको जिम्मेवारी सम्हाल्नुअघि मनिषाले कराँचीको सबैभन्दा अप्ठ्यारो क्षेत्र लियारीमा तालिम लिएकी थिइन्।

र यो पनि

हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो,’ अध्यक्षले भने, ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

 

सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ । उनले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको बताउँदै आगामी दिनमा गल्ती नदोर्याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

 

अध्यक्ष ओलीले २०६४ सालको निर्वाचनको दृष्टान्त दमकका नेता कार्यकर्तालाई सम्झाए । त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको भनाइ थियो ।

 

त्योे प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको र बेठीक भएको बताउँदै अध्यक्षले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटक पटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय