शुक्रबार , बैसाख ७, २०८१

२१ मंसिर, काठमाडौं:

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण र रोकथाममा सरकारले अपेक्षा अनुसार काम गर्न नसकेका गुनासाहरु आइरहेका छन् ।

यति नै बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको देखिन्छ । गणतन्त्र विरोधीहरूले विरोध कार्यक्रम गर्ने अवसर पनि यही समयलाई बनाएका छन् ।

सडकमा देखिएको असन्तुष्टिको कारण, गणतन्त्रको भविष्य, नेकपा विवाद, नेपाली कांग्रेसको भुमिकालगायतका विषयमा राजनीतिक विश्लेषक सिके लालसँग कुराकानी गरेका छौं ।

कोभिड–१९ महामारीमा पनि सरकार विरोधी प्रदर्शन भएको देखिन्छ । डा. गोविन्द केसी, इनफ इज इनफ हुँदै गणतन्त्रको विरोधमा समेत प्रदर्शन हुन थालेका छन् ।

यतिबेला राजतन्त्रको मागसमेत राखेर आन्दोलन हुनुको कारण के होला ? अतीत मोह त्यतिबेला देखिन्छ, जतिबेला वर्तमानसँग असन्तुष्टि बढ्छ ।

त्यस्तो बेला कतिपयलाई यो गञ्जागोलभन्दा त विगत राम्रो थियो भन्ने लाग्न सक्छ । पुरानो व्यवस्था हुँदाका दुःखकष्ट थाहा नहुने मान्छे पनि हुन्छन् । त्यस्ता मान्छेहरूलाई वर्तमानको दुःखकष्ट नै ठूलो लाग्छ ।

उनीहरूलाई पनि पुरानो कुरा राम्रो थियो भनेर फकाउन सजिलो हुन्छ । एकखाले मान्छेमा रीस जस्तो पनि हुन्छ । त्यस्तो मान्छे वर्तमान व्यवस्थाको जसले विरोध गर्छ, त्यसैमा गइदिन्छ ।

त्यसको के असर हुन्छ भन्ने विचार गरेर बस्दैनन् । सन् १९९० पछि नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकलौटी शासन गरेका हुन् । तिनले राजाको प्रत्यक्ष शासनलाई बिर्साइदिएका थिए ।

जब ज्ञानेन्द्रले फेरि शासन सत्ता हातमा लिए, उनीहरूलाई लाग्यो हातबाट शासन जान लाग्यो । शासन फेरि तिनकै हातमा आयो । र, १९९० मै फर्कनुपर्छ भन्ने भयो ।

त्यो भनेको गणतन्त्र, समावेशीता र संघीयताको विरोध हो । प्रजातन्त्र त होस् । तर, हामीले खोजेजस्तो प्रजातन्त्र होस् भन्नेहरूमा पनि अतीत मोह छ । अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय