शनिबार , बैसाख ८, २०८१

प्रकाशित मितति । १२ साउन, २०७९ ।

 

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा मन्त्रीमा नियुक्ति भएको दिन देखि नै नयाँ कामहरुको सुरुवात गर्दै आएका छन । उर्जा तथा जलश्रोत मन्त्री भएको बेला लोडसेडिङ मुक्त गरेर नयाँ रेकर्ड राखेका शर्माले जुनसुकै जिम्मेवारीमा रहे पनि अरुभन्दा फरक काम गरेर जनताको मनमा बसेका छन ।

 

अरबौँ घाटामा रहेको विद्युत प्राधिकरणलाई अरबौँ नाफामा पुऱ्याएका शर्मा गृहमन्त्री हुँदा पनि उत्कृष्ट काम गरेका थिए ।

 

अहिले देशको अर्थ मन्त्रालयको जिम्मेवारी पाएदेखी नै जनपक्षीय काम गर्दै देश बिदेशमा फेरि सबैको प्रीय बनेका हुन । केपी सरकारले बहुचको आधारमा बिनियोजन गरेको बजेट खारेज गरेर जनपक्षीय र लोकप्रिय बजेट ल्याएका शर्माले एकपटक फेरि सबैको मन जितेका छन।

 

वाइयात भत्ता खारेज गरेर ५ अर्बलो कोभिड भ्याक्सिन ल्याउने निर्णय देखि दृघ रोगिहरुको लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने उनको कदम देश बिदेशमा बस्ने सबै नेपालीले उच्च सम्मान गरेका छन ।

 

जोखिममा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई केपी सरकारले भत्ता दिएलो थिएन तर शर्मा अर्थमन्त्री भएको केही दिनमै उक्त रकम दिएर ठूलो काम गरेको थियो ।

 

यी र यस्ता दर्जनौं काम गरेर अहिले जताततै बाट चर्चामा रहेका शर्माले बन्द रहेका थुप्रै उद्योगहरु खोल्ने र देशलाई आत्मनिर्भर बनाउने योजनामा रहेका छन । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका छन् ।

 

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा आइतबार राष्ट्रिय योजना आयोगसँग भएको छलफलमा उनले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योग खोल्ने गृहकार्य भइरहेको बताएका हुन् ।

 

धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखाना लगायतका बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने उनले बताए । शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए ।

 

दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष हासिल गर्न कठिन हुन्छ ।

 

विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन, उनले भने, ‘रातिको सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्यो । हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्यो ।

 

निर्माण कम्पनीलाई उसको कार्यक्षमता भन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले अब यसलाई पनि कानुन सच्याउने तयारी रहेको बताए ।

 

उनले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने दाबी गरे । मन्त्री शर्माले ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयहरूमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरू तत्काल सुरु गर्ने गरी

प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिए ।

 

योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरूको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिए । सीमित निर्माण व्यवसायीहरूको हातमा मात्र ७० प्रतिशत आयोजनाहरू सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको भनाइ छ ।

 

भएभरका आयोजनाहरू सीमित ठेकेदारहरूको हातमा सुम्पने, उनीहरूले सरकारलाई समेत नटर्ने, वर्षौंसम्म

 

 

नेपाली छड पहिलोपटक भारत निर्यात

 

काठमाडौ । सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।

 

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ता चप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।

 

श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताए । ‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उनले भने । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।

 

‘झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामीबाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन् । नेपालको लागि गौरवको काम हो, सरकारले चाँडै कार्यविधि बनाउनुपर्छ,’ अग्रवालले भने, ‘रुपन्देहीको रोहिणी गाउँपालिका-३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।’

 

कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्।

 

प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।

 

बलियो र गुणस्तर निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ ।

 

पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको ब्रान् म्यानेजर दिपक शाहले बताए । ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता,’ उनले भने । को मालवाहक ट्रक उद्घाटन गरि गन्तव्यतर्फ पठाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय