शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् ।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा नजाने अडान लिएका छन् ।

प्रचण्ड भने सचिवालय बैठक गरेर अगाडि बढ्ने अडानमा कायमै छ ।नेकपाभित्र ओली र प्रचण्ड आ आफ्नो बाटोमा बढेका छन् ।

दुवै एक अर्कालाई कारबाही गर्ने तयारीसम्म पुगेको अवस्था छ । प्रचण्डले सचिवालयमा बहुमत सदस्यका साथ निर्णय लिदै अगाडि बढ्ने तयारी गरेका हुन् ।

भोलि बस्ने तय भएको स्थायी कमिटी नरोकी थप निर्णयका लागि केन्द्रीय कमिटीमा जाने सम्मको तयारी बनाएका छन् ।

ओली र प्रचण्ड आ आफ्नो बाटोमा बढ्न खोजेपछि सहमतिको प्रयास हिजो साँझसम्म भएको थियो । आज विहान पनि त्यस्तो प्रयास भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहमति बनाउन सक्रिय छिन् । दुवै नेतालाई ब्याक गराउने प्रयास भएपनि सफल बन्न सकेको छैन ।

नेकपाभित्र ओली र प्रचण्ड आफ्नै अडानमा रहेर अगाडि बढ्दा दुर्घटनाको खतरा झन् बढेको छ । ओलीले राजीनामा नदिने बरु विभिन्न विकल्प सारेर प्रचण्डलाई चुनौती दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय