सोमबार , अषोज १७, २०७९

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताउनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

 

आज मोरङको विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने आँट कांग्रेसले पनि नगरेको बताउनु भएको हो ।

 

 

स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध अन्य दलहरु धुरा कसेर मैदानमा उत्रिएको पनि अध्यक्ष ओलीले बताउनु भयो ।मोरङका १७ मध्ये ९ पालिका जितेको बताउँदै ‌अध्यक्ष ओलीले एमालेसँग अदभुत क्षमता रहेको पनि तर्क गर्नुभयो ।‌

 

 

 

अध्यक्ष ओलीले एमालेसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै कांग्रेस-माओवादीसहित पाँच दलको गठबन्धन आफ्नो बरावरी नभएको दाबी गर्नुभयो ।अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन एमालेको घुँडासम्म मात्रै आउने तर्क पनि गर्नुभयो ।

 

 

उहाँले भन्नुभयो, ‘गठबन्धनको उचाइ एमालेको घुँडासम्म मात्रै हो, बराबरीको सपना नदेखे हुन्छ । एक्लै चुनाव लड्दा पनि एमालेले लोकप्रिय मत ल्याएको छ।’ याेबेलाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय