बिहिबार , बैसाख १३, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

 

 

 

मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

 

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए ।

 

 

 

१५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

 

 

 

तर उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ ।

 

 

 

उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

 

 

 

ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरे । तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको ओलीको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’

 

 

 

माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताए । कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ ।

 

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापामा निकै हौसिएर भाषणा गरे । झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले एमाले नभएको ठाउँ नै देखाएनन् । मतलब हर ठाउँमा एमाले । धनीदेखि गरिब ठाउँमा एमाले ।

 

 

 

उनले सुरुमा झापाको परिचय दिए । जहाँबाट उनले राजनीति सुरु गरेका थिए । त्यसपछि झापा देश परिवर्तन गर्ने जिल्ला भएको, २०२६ सालको झापा आन्दोलन, २०२७ सालको जेल जीवन र त्यसपछिका सफलता र असफलताका क्षणबारे ओलीले सम्झिए ।

 

 

 

अनि सुरु भयो उनको भाषणा । उनले एमाले कहाँ छैन भन्दा पनि सबै ठाउँमा एमाले नै एमाले भएको सुनाए । कार्यक्रममा हाँसो पनि सुनिन्थ्यो, ओलीले भाषण गर्दा । ओली झन् भाषण दिइरहेको देखिन्थे- एमाले नै एमाले भनेर ।

 

 

 

ओलीले त्यसपछि भने-

 

 

 

जहाँ नेपाली त्यहाँ एमाले, विदेशमा पनि जहाँ नेपाली त्यहाँ एमाले । जहाँ नेपाली पुगेको त्यहाँ

 

 

जहाँ नेपाली त्यहाँ एमाले, विदेशमा पनि जहाँ नेपाली त्यहाँ एमाले । जहाँ नेपाली पुगेको त्यहाँ एमाले पुगेको छ । खेतमा एमाले, बारीमा एमाले, कारखानामा एमाले, व्यापारमा एमाले, चिया पसलमा एमाले, क्याफेमा एमाले, कफि पसलमा एमाले, होटेलमा एमाले, पुल बनाउने ठाउँमा एमाले, ह्वाई मैदान बनाउने ठाउँमा एमाले, सुरुङ खन्ने ठाउँमा एमाले, परेड खेल्ने ठाउँमा एमाले, हरेक ठाउँमा एमाले ।

 

 

 

पढ्ने ठाउँमा एमाले, पढाउने ठाउँमा एमाले, कित्ता नाप्ने ठाउँमा एमाले, इन्जिनियरिङ क्षेत्रमा एमाले, अस्पतालमा एमाले, बिरामी नाप्ने एमाले, विश्वविद्यालयमा एमाले । तपाई विदेश जानुभएको छ वा पुग्नुहुन्छ भने सोध्नुस्– तपाई कुन जिल्लाबाट आउनुभएको ? उस्ले कुनै एउटा जिल्ला बताउँछ र कुन पार्टीको हनुहुन्छ भनेर साध्नुहुन्छ भने एमाले ।

 

 

 

आज हामी त्यस्तो पार्टी निर्माण गरेका छौँ र दुनियाँका प्रतिक्रिया शक्तिहरुको मुटु हल्लाइदिएका छौँ । आज नेकपा एमाले फुटाउन यत्तिकै प्रयास भएको छैन ।

 

 

हाम्रा साथीहरुले एमाले फुटाउनुहुन्छ ? माधव नेपालले पार्टी बनाएका छन् ? छैनन् । बनाउँदैनन् र बन्दैन पनि । त्यो नक्कली पार्टी हो । एमाले कमजोर पार्न तमासा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय