शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताएका हुन् ।

आज फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सद्वारा आयोजित वेबिनारमा बोल्दै नेता नेपालले भने, ‘पार्टी फोडिदिन्छु, संसद बिघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सनेवाला छैन ।’

उनले पार्टीभित्र अधिनायकवाद र मनपरीतन्त्र नचल्ने बताए । ओलीप्रति संकेत गर्दै नेपालले भने, कसैको अधिनायकवाद र मनपरीतन्त्र चल्दैन ।

पार्टी विधि र पद्धतिबाट चल्ने भन्दै पार्टी निर्णयबाट सबै चल्नुपर्ने बताए । नेकपाभित्रको विवाद चुलीमा पुगिरहँदा नेता नेपालको भनाई आएको हो । उनी ओलीविरोधी मोर्चामा उभिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय