बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राजसंस्था पक्षधरहरुले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रधानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न चुनौती समेत दिनुभयो ।

उहाँले अहिले राजतन्त्र फर्काउनु पर्छ भनेर भइरहेको प्रदर्शन कुत्सित षडयन्त्र भएको आरोप लगाउँदै अब नेपालमा राजतन्त्र फर्कन असम्भव भएको दावी पनि गर्नुभयो ।

गणतन्त्र र धर्मनिरपेक्षता आफुहरुको एजेण्डा भएको बताउँदै नेता प्रधानले यही एजेण्डा बोकेर जनता जाँदा परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले पूर्व राजा ज्ञानेन्द्रलाई नीति तथा कार्यक्रम र भिजनसहित आउँन आग्रह गर्दै लोकतान्त्रिक पद्धतिमा दल खोल्ने अधिकार सबैलाई भएको बताउनु्भयो ।

कार्यक्रममा नेता प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेपालको सेनाले सीमामा त्यति चासो नलिएको समेत उहाँको दावी छ । उहाँले अगाडि भन्नुभयो ,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढी सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन् ।

त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय