शुक्रबार , चैत्र १६, २०८०

१६ मंसिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।

नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ । आज विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने,‘भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हो ।

चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो ।

भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए ।

उनले भने,‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि छ । साथसाथै, आर्थिक सम्बन्ध बढि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ ।

चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ । लगानीको कुरा गर्दा भारतबाट आएको छ।

चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन् । भारतसँग आवातजावात बढि छ । चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ ।

भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ । लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् ।

आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय