
काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप ‘टिकटक’ मा खाता खोलेका हुन् ।
प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो ।
उनको खाता ‘भेरिफाइड’ समेत भइसकेको छ । उक्त टिकटकमा अपलोड गरेको भिडियोलाई अहिलेसम्म १ लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् ।
त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ । उक्त खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् ।