शनिबार , बैसाख ८, २०८१

जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सदनबाट नागरिकता विधेयक पास हुँदा तराई मधेशका करिब सात लाख नागरिकले नागरिकता पाउने पक्का भएपछि पार्टीको तर्फबाट जनकपुर आएको बताएका छन् ।

 

 

 

जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले खुसीको खबर सुनाउन पहिलो पटक जनकपुर आएको बताए ।

 

उनले भने, ‘हिजोमात्रै सदनबाट झण्डै ६ सात लाख नेपालीहरु नागरिकताको अभावका कारणले धेरै कामबाट बञ्चित हुनुपर्ने जो अवस्था थियो त्यसको अन्त्य भएको छ अब त्यो तुरुन्तै कार्यान्वयन हुन्छ ।

 

 

आज यो कुरा फेरि जनकपुरमा पहिलो पटक आएर सुनाउन पाउँदा मलाई गर्वको महसुस भएको छ उनले समाजवादी केन्द्र निर्माण बारेमा डा. बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको बताए ।

 

‘उहाँहरु कोही पनि गठबन्धनबाट बाहिर जानु हँदैन । गठबन्धन भित्र रहेका सबै वाम दलहरुसँग र वामदेव जीसँग राम्रो समझदारी बनाउनुपर्छ ।

 

 

’ उनले भने, ‘ र चुनावी खालको मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । केहि दिनभित्र हामी निष्कर्षमा पुग्छौं ।’।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय