बुधबार , बैसाख १२, २०८१

१६ मंसिर:

सुरक्षा थ्रेट देखाएर पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि सचिवालय बैठक अन्ततः वालुवाटारमा नै सुरु भएको छ ।

तर बैठक सुरु हुन अगाडि अर्थमन्त्री एवं महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर वातावरण हर्षमय बनाउने प्रयास गरिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड“,

उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिव पौडेललाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको बताइएको छ ।

तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको सत्तारुढ नेकपाको सचिवालय बैठक अघि पौडेलको जन्मदिनको अवसर मनोमालिन्य कम गर्ने माध्यम बनेको एक सदस्यले बताए । न्युज २४ नेपालबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय