बिहिबार , चैत्र १५, २०८०

काठमाडौं – सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलामा उनले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने स्पष्ट पारे ।

 

 

 

तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनले उल्लेख गरे ।नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए ।उनले स्थानीय तहमा जसलाई बोक्यो,

 

 

 

उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क पनि गरे । अहिले वाम एकताको खाँचो रहेको खनालले औँल्याए ।उनले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा

 

 

(एमाले)को नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए ।सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनको भनाइ छ ।तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ ।

 

 

 

कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।खनालले अहिले बाम एकताको खाँचो रहेको औंल्याए ।

 

 

उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय