नेकपा कसैले पनि फुटाउन सक्दैन, नेकपा फुट्दै फुट्दैन: झलनाथ खनाल

काठमाडौं:

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने बताउनु भएको छ ।

आज (सोमबार) गृह जिल्ला इलाम पुग्नु भएका उहाँले यस्तो दावा गर्नुभएको हो ।

नेता खनालले सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै यस्तो बयान जारी गर्नुभएको हो । नेकपा फुट्ने भनेर एकथरि कुर्लिरहेको भन्दै उहाँले भन्नुभयो, ‘म भन्छु–नेकपा इस्पातले बनेको पार्टी हो ।

यसलाई कसैले पनि फुटाउन सक्दैन ।’ खनालले हाल चलेको बहस र छलफलले पार्टीलाई झनै बलियो बनाउने विश्वास दिलाउनु भएको छ ।

पार्टी फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न सबैलाई सल्लाह दिनु भएको छ । नेकपा फुटेदेखि सेक्न पाउँछु भनेर रोटी नबेल्नु भन्दै उहाँले कसैले रोटी बेल्दैछ भने पनि सेकाउने ठाउँ पाउँदैन भन्नु भएको छ ।

२०७७ मंसिर १५, सोमबार १४:३६ गते 0 Minutes 286 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार