आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

नेपालको राजनीतिमा दशकौँदेखि सक्रिय नेताहरुको हालीमुहाली छ ।

देश र जनताको हितमा अनुभवी नेताहरुको नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । त्यति मात्रै होइन, अब दलहरुमा युवा नेताहरुलाई नेतृत्व तहमा मौका दिनुपर्ने माग उठिरहेको छ ।

तर बहस र चर्चामै सिमित हुने यस्तो बहसले अहिलेसम्म सार्थकता पाएको छैन ।

मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठकमा नेकपाका महासचिव विष्णु पौडेलले अहिलेको नेतृत्वले पार्टीलाई अघि बढाउन नसक्ने भन्दै सचिवालयका ९ जना सदस्यले सामूहिक राजीनामा दिएर नयाँपुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखे ।

पौडेलको उक्त प्रस्ताव पारित नभए पनि बहसको विषय भने राम्रै बन्यो ।

त्यती मात्रै होईन १३ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिईएको जवाफी प्रतिबेदनमा स्पष्ट रुपमा नै नेतृत्व हस्तान्तरणमा आफु तयार रहेको उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा लेखिएको छ – म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ !

म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ? अहिले नै ठोकुवा गर्न त नसकिएला तर,

आम जनताले समेत राजनीतिक दलहरूमा युवा नेतृत्वको सवाल उठाउँदै आएकाले यसलाई आगामी दिनमा बहसको विषय बनाइनु आवश्यक छ ।

अहिले ओलीले उठाएको यो आवाज दाहाललाई नेतृत्वबाट पन्छाउने चालबाजीका रूपमा पनि हेरिने गरेको छ ।

नेतृत्वमा युवाको उपस्थिती नेकपामा मात्रै होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि आवश्यक रहेको भन्दै बहस चल्न थालेको धेरै भइसक्यो ।

तर सम्भावना भएका नयाँ पुस्ताका नेतालाई अघि बढ्न नदिने, खुट्टा तान्ने प्रवृत्ति सबै दलहरूमा छ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अब नयाँपुस्तालाई अघि सार्नुपर्ने र पूराना नेताहरुले संरक्षकको भूमिका निर्वाह गर्नु पर्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय