काठमाडौं, १४ मंसिर:

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए ।

नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् ।

ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।

यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ ।

दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् ।

ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय