शुक्रबार , चैत्र १६, २०८०

नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सेना आयो भने मलाई चारपाटा मुडेर थानकोट कटाइयोस् भनेर संसदको रोस्टमबाटै कराउँने नेपाली काग्रेसका महामन्त्री गगन थापालाई मुखभरिको जवाफ दिएका छन् ।

 

माले महासचिव मैनालीले गगन थपालाई अब चारपाटा मुडेर थानकोट कटाउँने बेला भएको बताएका छन् । अमेरिकी सेना आयो भने मलाई चारपाटा मुडेर थानकोट कटाउँनु भन्ने गगन थापा अहिले कहाँ छन् ? भन्दै मैनालीले अब उनले भने बमोजिमको काम गर्नु पर्ने बेला भएको बताएका छन् ।

 

मैनालीले कसैले अपहरण गरेर गगन थापाको चारापाटा मुडेर भ्याली कटाए पनि उनी केहि बोल्न नमिल्ने बताएका छन् । गगनले संसदमबाटै त्यो अधिकार दिएको भन्दै रेकडेर्डनै प्रमाण सुरक्षित रहेको बताएका छन् ।

 

एसपीपीमा नेपाल सहभागी हुँदैन भनेर मन्त्रीपरिषदले निर्णय गरिसक्दा पनि आज सम्म पत्र नलेखेकोमा आक्रोसित भएका मैनाली गगन थापा प्रति पनि खनिएका छन् । त्यस बेला गगनलाई पनि यत्ति चाँडो अमेरिका यत्ति नांगो तरिकाले आइहाल्दा भन्ने नलागेर बोलेको र अहिले आफ्नै बोलीका कारण फसेको बताएका छन् ।

 

गगन थापाले त एसपीपीको विरोधमा बोलेका छन् त ? भन्ने ओटिभी नेपालको प्रश्नमा मैनालीले एमसीसीको समर्थन गर्ने र एसपीपीको विरोध गर्ने कुरा हुनै नसक्ने जिकिर गरेका छन् ।एसपीपी एमसीसीकै पार्ट भएको भन्दै गगनले नाटक गरेका मैनालीले भनेका छन् ।

 

अब चारपाटा मुड्नु पर्छ भनेरभनेर मात्रै गगन थापाले एसपीपीको विरोध गरेका जस्तो गरेको भन्दै मैनालीले सिंगो नेपाली काग्रेस एसपीपीको पक्षमा रहेको जिकिर गरेका छन् । काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि एसपीपी पास गरेरै छोड्ने दाउमा रहेको उनले बताएका छन् ।

 

चुनाव अघि एसपीपी सम्झौता गर्ने हिम्मत नभए पनि चुनावमा काग्रेसलाई बहुमत दिलाएर एसपीपी सम्झौता गर्ने डिजाइन अमेरिकामा बनिरहेको दाबी मैनालीले गरेका छन् । अमेरिकी लगानीमा चुनावमा काग्रेसलाई बहुमत दिलाएर देउवालाईनै प्रधानमन्त्री बनाएर एसपीपी पास गराउँने खेल चलिरहेको दाबी उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय