मंगलबार , माघ १७, २०७९

भत्ताका लागि ६८ बर्ष उमेर हद राख्नु चुनाव बाहेक अरु कुनै कारण छैनः ओली

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

प्रकाशित मिति । शुक्रबार, साउन ६, २०७९ ।

 

काठमाडौ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो गल्ती गरेका छन । शर्माले वृद्ध भत्ताको उमेर ६८ बर्ष बनाउनु गलत भएको बताएका छन ।

 

उनले नेपालीको औसत आयो नै नहेरी राजनैतिक प्रतिशोध साँद्नको लागि यस्तो तर्क गरेका हुन । अहिले नेपालीको औसत आयु नै ६९.७ बर्ष छ । यो भन्दा पहिले वृद्ध भत्ता ७० बर्ष पुगेपछि मात्र पाउने व्यवस्था थियो ।

 

जनार्दन शर्मा अर्थमन्त्री भएको बेला औसत आयुलाई मध्यनजर गरेर ७० बर्ष पुगेपछी पाउने वृद्ध भत्तालाई ६८ बर्षमै पाउने व्यवस्था गरेका थिए । अब सबै बृद्द बृद्दाले ६८ बर्षमा नै भत्ता पाउनेछन ।

 

के सत्तापक्ष के प्रतिपक्ष ६८ मा भत्ता पाउने निर्णयबाट देशभर सबै जनताले खुसी छन । विभिन्न माध्यमबाट देउवा सरकार वा अर्थमन्त्री जनार्दन शर्मालाई धन्य,दिइरहेका छन ।

 

यस्तो बेला प्रमुख प्रतिपक्षले पनि सहि भयो भन्नू पर्नेमा यो निर्णय गलत भयो भनेर संसद र सडकबाट प्रचार गरिरहेको छ । के गलत के सहि आउने चुनावमा जनताले आफ्नो मत त दिनेनै छन तर कुनैदिन एमाले नेतृत्वको सरकार निर्माण भयो भने ७० बर्षभन्दा माथीकोले नै भत्ता पाउने निर्णय गर्ने निश्चित जस्तै भएको छ ।

 

नजिकै चुनाव आइरहेको बेला जनपक्षीय कामको बिरोध गर्दै हिडे आगामी दिनमा एमालेलाई जनताले राम्रो संग मुल्यांकन गर्नेछन । ७० बाट ६८ मा झारेको निर्णयलाई एमालेले गलत भनेपछी अहिले सामाजिक संजालमा एमालेबिरुद्द आवाज उठिरहेका छन ।

 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्षको उमेर हद बनाएको बताएका छन् ।

 

आज शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनाव बाहेक अन्य कुनै कारण नभएको बताए । उनले यस सम्बन्धमा त्यसबाहेक अन्य कुनै ‘लजिक’ छ भनी सरकारलाई प्रश्न समेत गरेका छन् ।

 

उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक? चुनाव आउँदैछ भन्नेबाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन ।’

 

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति सङ्केत गर्दै देशको उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर देशलाई कङ्गाल बनाएको पनि आरोप लगाए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरेका छन् । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले देशको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि

 

 

लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरेका छन् । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले देशको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई आग्रह गरेका छन् ।

 

नेपालीको औसत आयु बढ्यो, अब साढे ७० वर्ष, सन २०१८ अनुसार । २०७६ मंसिर २५ ।

 

काठमाडौ । मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९ औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८ औं स्थानमा रहेको थियो ।

 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको औंल्याएको छ । प्रतिवेदन अनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ ।

 

नेपालले सन् १९९० देखि २०१८ सम्म औसत भ्यालु क्रमशः वृद्धि गरिरहेको छ । खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ । यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ । शिक्षा, स्वास्थ्य एवं रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ ।

 

मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ । प्रतिवेदनमा विश्वभरका देशलाई १ सय ८९ स्थानसम्म वर्गीकरण गरिएको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ । सूची अनुसार १ सय ५३ औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्यो भन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन् । १ सय ५३ औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ । मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन् ।

 

नेपालको मानव विकास सूचकांक मूल्य २०१८ का लागि ०.५७९ रहेको छ । यस मूल्यले मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ । प्रतिवेदन अनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकांक औसतमा ०.५२ प्रतिशतले बढेको छ ।

 

नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु अहिले ७०.५ वर्ष पुगेको छ ।

 

यूएनडीपीले अति उच्च मानव विकास सूचकांक, उच्च मानव विकास सूचकांक, मध्यम मानव विकास सूचकांक र न्यून मानव विकास सूचकांकमा विभाजन गरेको छ । त्यसमध्ये नेपाल भने मध्यम मानव विकास सूचकांकमा समावेश छ । दक्षिण एसियाका ८ मुलुकमा नेपाल छैटौं स्थानमा छ । विगतमा पनि यही स्थानमा थियो । गत वर्ष १३० औं स्थानमा रहेको भारत यसवर्ष १२९ औं स्थानमा छ । त्यस्तै, पाकिस्तान १५० बाट १५२ मा झरेको छ । १०१ औं स्थानमा रहेको माल्दिभ्स यसपटक १०४, १३४ औं स्थानमा रहेको भुटान १३४ औं नै र १३६ मा रहेको बंगलादेश १३५ औं मा आइपुगेको छ  । राजधानीबाट

 

नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो : अर्थमन्त्री

 

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नेपालीको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय