सोमबार , अषोज १७, २०७९

आठ पैसाप्रति युनिटमा श्री ३ चन्द्रशमशेरले जनतालाई बिजुली बत्ती बाल्न दिएपछि बिजुलीको नाम नै ‘चन्द्रज्योति’ भयो । उनका पालामा आन्तरिक विकास र कूटनीति दुवै सफल हुँदै गएको पाइन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

 

 

 

 

 

 

त्यो युगमा भारतका राजाहरू ब्रिटेन जाँदा १७ तोपको सलामी पाउँथे । चन्द्रशमशेरले काठमाडौंस्थित ब्रिटिस दूतलाई स्पष्ट भनिदिए, ‘म स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री हुँ, त्यसैले १९ तोपको सलामी दिने भए मात्र लन्डन जान तयार छु ।’ ब्रिटिस दूत म्यानरस्मिथले सोहीअनुसार प्रबन्ध मिलाए ।

 

 

 

 

 

 

 

आठ पैसाप्रति युनिटमा श्री ३ चन्द्रशमशेरले जनतालाई बिजुली बत्ती बाल्न दिएपछि बिजुलीको नाम नै ‘चन्द्रज्योति’ भयो । उनका पालामा आन्तरिक विकास र कूटनीति दुवै सफल हुँदै गएको पाइन्छ । त्यो युगमा भारतका राजाहरू ब्रिटेन जाँदा १७ तोपको सलामी पाउँथे । चन्द्रशमशेरले काठमाडौंस्थित ब्रिटिस दूतलाई स्पष्ट भनिदिए,

 

 

 

 

 

 

 

 

 

‘म स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री हुँ, त्यसैले १९ तोपको सलामी दिने भए मात्र लन्डन जान तयार छु ।’ ब्रिटिस दूत म्यानरस्मिथले सोहीअनुसार प्रबन्ध मिलाए ।

 

सन् १९०८ को अप्रिल ६ मा २२ जनाको दलबलसहित उनी ब्रिटेन प्रस्थान गरे । कूटनीति कमजोर नहोस् भनेर राजा र राणाशासकहरूले हरेक विषयलाई गम्भीरतापूर्वक लिएको पाइन्छ ।

 

 

 

 

 

 

 

इतिहासबाट सिक्नुपर्ने यस्ता हजारौं उदाहरण छन् । राजाहरूलाई कमजोर बनाएर पारिवारिक ढंगले सैनिक बलमा शासन गरे पनि राजसंस्था नै मास्ने काम राणाहरूले गरेनन् ।

 

राष्ट्रका सर्वोपरि राजा नै हुन् भनेर अभिभावक मान्दै राजसंस्थाको मर्यादा राखे । राजा पृथ्वी वीरविक्रम शाहका छोरीहरू (लक्ष्मी राज्यलक्ष्मी, रमा र तारा) मात्र जन्मेपछि चन्द्रशमशेरले राजगद्दीमा बस्ने राजा नभएमा पृथ्वी वीरविक्रम परलोक भएपछि

 

 

 

 

 

 

 

 

 

राजाका काका नरेन्द्रविक्रमका छोरा रतीन्द्र (जुना राजा) लाई राजगद्दीमा राख्नुपर्ला भन्ने कुरा पनि उठाए । तर पृथ्वी वीरविक्रमका माहिला बडामहारानी लक्ष्मी दिव्येश्वरीबाट त्रिभुवन पैदा भएपछि उत्तराधिकारीसम्बन्धी चिन्ता हट्यो ।

 

इतिहास ज्ञाता रामजीप्रसाद अर्यालले महाभारत युद्धपछिको लामो कालखण्डमा राजा ज्ञानेन्द्रसम्म नेपालमा १९२ जना राजाले शासन गरेको लेखेका छन् । राजा एकताको प्रतीक भएको स्विकारेका छन् । २००७ सालसम्म राणाहरूलेजापान, ब्रिटेन, स्पेन, स्विडेन, नर्वे, थाइल्यान्ड, बेल्जियम, लक्जमवर्ग, नेदरल्यान्डस् (हल्यान्ड) आदि राजतन्त्रात्मक राष्ट्रमा झैँ आफ्नो धर्म, संस्कृति एवं परम्पराको जगेर्ना गर्दै राष्ट्रलाई समुन्नत बनाउने चाहना भए पनि आर्थिक अभाव, शिक्षादीक्षाको कमी एवं कतिपय आन्तरिक र बाह्य कारणले नेपाल पछौटेपनको सिकार भइरह्यो ।

 

 

 

 

 

 

 

हालको बंगलादेश र भारतको पश्चिम बंगाल एउटै छँदा त्यहाँका बुद्धिजीवीहरूले भारतमा ब्रिटिस शासनविरुद्ध निर्णायक भूमिका खेल्न सक्ने विश्लेषण गर्दै बंगाल टुक्र्याएर अंग्रेजहरूले ‘फुटाउ र राज गर’ (स्म्यास एन्ड ग्य्राब) नीतिको सफल परीक्षण गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

सुरेन्द्रनाथ बनर्जी, विपिनचन्द्र पाल, अश्विनीकुमार दत्त र अरविन्द घोषलगायतले बंगाल विभाजनविरुद्ध ब्रिटिस सामान बहिस्कार गर्ने आन्दोलन चलाए । लर्ड कर्जनले अखण्ड बंगाललाई खण्डखण्ड गरेर न्यु नेसनालिटी (नयाँ राष्ट्रियता) नाम दिएका थिए ।

 

 

 

 

 

 

 

सन् १९०७ मा सुरतमा भएको कांग्रेसको अधिवेशनमा राष्ट्रवादी र अंग्रेजका समर्थकहरूबीच तनाव उत्पन्न गराएर विभाजन ल्याउन अंग्रेजहरू सफल भए । राष्ट्रवादीहरू कमजोर भएपछि नौ वर्षसम्म उनीहरू कांग्रेस परित्याग गरेर बसे । राष्ट्रवादी आन्दोलनलाई ‘अराजकतावादी’ भनियो । नेपालमा पनि केही वर्षयता राष्ट्र बलियो हुनुपर्छ भन्नेहरूलाई प्रतिगामी र बाह्यशक्तिका मतियारहरू मात्र ‘अग्रगामी’ हुन् भन्ने दुष्प्रचार गरिएको छ ।

 

अंग्रेजहरूले भारतमा कडा कानुन बनाउने पृष्ठभूमि तयार पार्न गुप्तचरहरूलाई प्रयोग गरेर ‘जनआन्दोलन’ र तोडफोड गराए । राष्ट्रवादीहरूलाई यातना दिनको लागि यस्ता नाटक मञ्चन गरिए । यथार्थ सूचना पाएपछि राष्ट्रवादीहरूले राष्ट्रिय आन्दोलन चलाए । नेपालमा पनि विदेशी शक्तिको प्रभाव समाप्त गर्न लाखौं जनता सडकमा आएर राष्ट्रिय आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।

 

दिल्लीका शासकहरूको प्रेरणा, सहयोग र निर्देशनमा भएका राजनीतिक आन्दोलनहरूले नेपाललाई अभूतपूर्व रूपमा कमजोर तुल्याएको यथार्थ जगजाहेर छ । विदेशीको प्रत्यक्ष–परोक्ष आज्ञामा हिँड्न नचाहने प्रबल राष्ट्रवादी शक्ति निर्माण गर्न गुट, दल, क्षेत्र आदि बिर्सेर राष्ट्रियताको धरातलमा ऐक्यबद्ध हुन सक्यौं भने मात्र राष्ट्रको रक्षा गर्न सम्भव छ भन्नुपर्ने अवस्था टड्कारो देखिएको छ । तसर्थ, जनता होइन ‘कार्यकर्ता’ मात्र बन्न रुचाउने टाठाबाठाहरूले पनि राष्ट्र ठूलो हो कि दल ? सोच्नुपर्ने बेला आएको छ ।

 

दलका नेता र कार्यकर्ता त सिक्किमतिर पनि छन् । ढाकाटोपी लगाउँछन्, नेपाली नै बोल्छन् । उनीहरूले स्वाधीन देशको अस्तित्व दिल्लीमा बुझाएर प्रजातन्त्र मात्र जोगाउनुपर्छ भन्ने राष्ट्रघातीहरूलाई बेलैमा चिन्न सकेनन् । त्यहाँ नरबहादुर खतिवडा, लेन्डुप दोर्जे, सञ्चमान लिम्बू, भीमबहादुर गुरुङ र रामचन्द्र पौडेल नामका नेताहरूले के गरे, के गरेनन् भनेर पुरानो पुस्तासँग सोधे हुन्छ ।

 

नेपालमा पनि राष्ट्रियताभन्दा दल र प्रजातन्त्र ठूलो हुन्छ भन्ने सिकाइएको छ । त्यसैले विदेशीको दबाब र प्रभाव बढाउन राजतन्त्र उन्मूलन गरियो । किनभने राष्ट्र, धर्म, संस्कृनेपालमा विदेशी प्रभाव बढ्न दिनु हुँदैन भनेर राजा वीरेन्द्रसँग धेरै विषयमा सहमत भएका एमालेका प्रभावशाली नेता मदन भण्डारीको रहस्यमय मृत्युपछि २०५२ साल फागुन १ गतेबाट माओवादी जनयुद्धको नाममा गरिएका राष्ट्रघाती काम हेर्दा सिलसिलाबद्ध षड्यन्त्रको मार्गचित्र स्पष्ट बुझ्न सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

२०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको हत्या अमेरिकी र भारतीय योजना थियो भनेर चीनका विश्लेषकहरूले खुलासा गरिसकेका छन् । त्यसबारे थप व्याख्या आवश्यक छैन । कतिपय सञ्चारमाध्यम र व्यक्तिले नारायणहिटी काण्डमा राजा ज्ञानेन्द्र प्रत्यक्ष वा परोक्ष संलग्न भएको आशंका पनि गरे । राजतन्त्र नै नरहेको अवस्थामा विदेशी शक्ति, नेपालका ठूला दलहरू वा अग्रणी सञ्चारमाध्यमले गहिरो अध्ययन–अनुसन्धान गर्न सक्थे ।

 

 

 

 

 

 

 

कुनै मठमन्दिर वा गुम्बाको मुख्य व्यक्ति दोषी वा अयोग्य छ भनेर देवालयमै आगो सल्काउनु जस्तै राजा ज्ञानेन्द्रसँग रिसाएका दलहरूले विदेशीको लहैलहैमा दिल्लीमा बाह्रबुँदे समझदारी गरेर जेजस्ता एजेन्डा लागू गर्न खोजे, त्यही कारणले राष्ट्र ठूलो संकटमा फसेको छ । गणतन्त्र घोषणा गरिएपछि राज्यको बागडोर हातमा लिएका नेताहरूले कुनै सबुत–प्रमाण फेला पार्न सकेनन् । अन्ततः उनीहरू चुपचाप बस्न बाध्य भए ।

 

 

 

 

 

 

 

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको माओवादी नेतृत्वको सरकार २०६५ साल भदौमा गठन भएर नौ महिनामै ढल्यो । गणतन्त्र घोषणा भएको एक वर्षको समीक्षा गर्न डा. बाबुराम भट्टराई र पंक्तिकारलाई बीबीसी नेपाली सेवाले आफ्ना विचार राख्ने अवसर दिएको थियो ।

 

 

 

 

 

 

 

भट्टराई गणतन्त्रले राष्ट्र झिलिमिली हुन्छ भन्दै थिए । बहसमा भाग लिँदै पंक्तिकारले भनेको थियो, ‘राजतन्त्र राजनीतिक स्थिरता, राष्ट्रिय एकता र राष्ट्र निर्माणको मियो हो । त्यो समाप्त हुँदा अस्थिरता फैलिन्छ । इरान, अफगानिस्तान, कम्बोडिया, इथियोपिया, पूर्वीयुरोपलगायतका धेरै राष्ट्रमा त्यस्तै देखियो ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय