शुक्रबार , चैत्र १६, २०८०

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराएर केही नहुने टिप्पणी गरेका छन् ।

 

 

 

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्रनफर्कने भन्दै भने ‘

 

 

 

राजावादीहरू ट्याउँट्याउँ गरेर केही हुँदैन ।मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।

 

 

 

 

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटकोभएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीलेभ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले

 

 

 

लगाए । पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्कगरे ।

 

 

 

 

‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढङ्गले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहरू फेरि अगाडी आउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय