बिहिबार , बैसाख १३, २०८१

प्रकाशित मिति । ०६ श्रावण, २०७९ ।

 

काठमाडाैँ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेशको लहर चलेको छ ।

 

दाङको राजपुर गाउँपालिका क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।

 

बिहिवार मात्रै राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका नेपाली कांग्रेसका नेता धनिप्रसाद खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

 

उनिहरुलाई नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले टिका फुल माला लगाएर स्वागत एवम् माओवादीमा प्रवेश गराउनु भएको हो ।

 

नेपाली कांग्रेसका धनिप्रसार खड्काको नेतृत्वमा नेकपा एमालेका नेता लोकबहादुर खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको नेपाल प्रेस सेन्टर राजपुर गाउँपालिकाका कोषध्यक्ष तिकलबहादुर रानाले खबर पठाउनु भएको हो ।

 

धनिप्रसाद खड्का विगत ३३ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहदै अएका थिए ।

 

नव प्रवेशी भन्छन्, अहिलेसम्म अलमलिएछौँ

 

लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले नेकपा (माओवादी केन्द्र)ले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ र कुनैदिन पनि पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप नहुने बताए।

 

यस्तै नेपाली कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएका धनिप्रसाद खड्काले अहिलेसम्म हामीलाई कांग्रेसले बाँडेको सपनामा अलमलिएको बताए ।

 

उनले भने, हामी अहिलेसम्म अलमलिएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कांग्रेसी प्रवृत्तिको अन्त्यका लागि नेकपा (माओवादी केन्द्र) को शक्ति नै चाहिने रहेछ भन्ने महशुस भएको छ ।’

 

राजपुरमा कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश प्रवेशी भन्छन् ‘अहिलेसम्म अलमलिएछौँ

 

देउखुरी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्थानीय तहको निर्वाचनमा जनताको मन जितेर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

 

उनले गठबन्धन होला र चुनाव जितौला भनेर बस्न नहुने भन्दै, तत्कालै चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

 

उनले मसिनरि चुनावको तयारीमा आग्रह गरे । बिहिवार (माओवादी केन्द्र) दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ वडा कमिटिले गोठुवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै, मन्त्री थारुले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनुभयो ।

 

‘तपाईहरु एकढिक्का भएर आफ्नो संगठनलाई बलियो बनाएर चुनावको तयारीमा लाग्नुस्, मन्त्री थारुले कर्यकर्तालाई भने ।’

 

नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा कमिटि अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य,

 

जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममाकार्यक्रमको सहजिकरण सचिव गनबहादुर वलीले गर्नुभएको थियो ।

 

एमालेमा लाचार प्रभु: एमाले बहिस्कार गरेर मन दुखाएर बसिरहे

 

एमालेमै रहेर पनि जसले मन दुखाए मन्त्रीका लागि सांसद पद माया मारेर एमालेतिर लागेका पूर्वमाओवादी नेतामध्ये तल्लो तहमा जनमत प्रभावित पार्नसक्ने नेताका रुपमा चिनिन्छन् प्रभु साह ।

 

कहिले बाबुरामको कोटामा त कहिले प्रचण्डको निकट बनेर पटक-पटक मन्त्री बनेका उनको तराईमा धेरथोर प्रभाव रहेको मानिन्छ ।

 

एमालेका आधा दर्जन पूर्वमाओवादी नेतामध्ये तुलनात्मक रुपमा अध्यक्ष केपी ओलीसंग आँखा जुधाएर कुरा गर्नसक्ने र आफ्ना अडान राख्ने प्रभु मधेसका कार्यक्रमबाहेक पार्टीका बैठकहरुमा भने खासै देखिंदैनन् ।

 

एमाले नेताहरुले औपचारिक बैठकहरुमा जनयुद्धको विरोध गर्ने गरेकाले उनी त्यस्ता फोरमहरुमा अनुपस्थित हुने गरेको बताइन्छ । तराई-मधेसमा एमाले प्रवेशको लहर चलिरहँदा उनै प्रभु हिजोदेखि काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा देखिएनन् ।

 

“पोलिटब्यूरोबाट झारेर केन्द्रीय सदस्यमा थान्को लगाइएकी श्रीमाया थकाली पनि हिजोको बैठकमा उपस्थित थिइनन् । त्यस्तै,अध्यक्ष ओलीका कटु आलोचक डा. भीम रावल पनि जिम्मेवारीविहिन भएकोले हिजै धनगढीतिर लागेका छन् “

 

संयोग कस्तो भने उनी उपस्थित नभएकै बैठकमा अध्यक्ष ओलीले जनयुद्धको चर्को बिरोध गरेका थिए ।

 

प्रचण्डलाई खुइल्याउने क्रममा ओलीले जनयुद्धमा १७ हजारको हत्या भएको र त्यसबाट जनताले केही नपाएको अराजनीतिक टिप्पणी गर्दा मन्चमा बसेका पूर्वमाओवादी नेताहरु लाचार थिए ।

 

पोलिटब्यूरोबाट झारेर केन्द्रीय सदस्यमा थान्को लगाइएकी श्रीमाया थकाली पनि हिजोको बैठकमा उपस्थित थिइनन् । त्यस्तै,अध्यक्ष ओलीका कटु आलोचक डा. भीम रावल पनि जिम्मेवारीविहिन भएकोले हिजै धनगढीतिर लागेका छन् ।

 

चितवन महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिएका रावललाई सल्लाहकार परिषद सदस्यमा मनोनित गरिएको थियो । तर, उनले सो पद स्वीकार गरेका छैनन् ।

 

यता,बैठकको अघिल्लो दिन केन्द्रीय सदस्यको हैसियतसरह मानिने निर्वाचन आयोग सदस्य रहेकी रन्जु ठाकुर भने जसपामा प्रवेश गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी निकट भनेर चिनिएकी उनी एमालेमा लागेर सबैभन्दा बढी अवसर पाउने नेतृ हुन् ।

 

२०६५ सालमा राप्रपा छोडेर एमालेमा आएपछि उनलाई लगत्तै भण्डारीकै जोडबलमा सांसद,अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य,महिला,वालवालिका समितिको सभापति र पति मिहिर ठाकुरलाई मानव अधिकार आयोगको सदस्य बनाइएको थियो ।

 

एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष ओलीले वाचन गरेको केन्द्रीय सदस्यको सूचीमा नपरेपछि असन्तुष्ट रहँदै आएकी ठाकुरले त्यतिबेलै पार्टी छोड्ने चर्चा पनि थियो ।

 

अध्यक्ष ओलीद्वारा जसरी पनि जित्न,जति पनि भित्र्याउन निर्देशन

 

पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागि चुनावी रणनीति बनाउन बसेको नेकपा एमालेको तेश्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको दुई दिने बैठक ‘जीतदेखि जीतसम्म’ को रणनीति तय गर्दै सम्पन्न भएको हो ।

 

आज बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि चुनाव जित्ने गरी तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । सो क्रममा उहाँले देशभर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय