बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताव कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको आरोप लगाएका छन् ।

शनिवार सचिवालय बैठकमा पेश गरेको जवाफी प्रतिवेदनमा ओलीले दाहालको प्रतिवेदनलाई बैठकमा छलफल या परामर्श गर्नका लागि रित नपुगेको भन्दै खारेज गर्न माग गरेका छन् ।

यसअघि दाहालले ल्याएको प्रस्तावमा आफूमाथि लगाइएको आरोपको जवाफ दिने क्रममा ओलीले पार्टीको अन्तरिम विधानको धारा १८ (झ) ले अध्यक्षहरुका तर्फबाट पार्टी बैठकमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

एकीकरणको साढे दुई वर्षको बीचमा गर्दै आएको अभ्यास समेत यही भएपनि दाहालले विधानविपरित छुट्टै प्रस्ताव ल्याएको ओलीले अरोप लगाएका छन् ।

नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको भन्दै ओलीले प्रथम दृष्टिमै खारेजयोग्य रहेको ओलीको दावी छ ।

दाहालले आफूमाथि लगाएको आरोप झुटो भएको भन्दै ओलीले उक्त आरोप पुष्टी गर्न चुनौति दिदै भनेका छन्– ‘कि आरोप पुष्टि गर्नुस् र

राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

दाहालले देश र जनताका लागि त्याग गर्न गरेको आग्रहको जवाफमा ओलीले आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवेदनमा ओलीले दाहाललाई अपादर्शी र छल गर्ने व्यक्ति भनेर आरोप लगाएका छन् । आफूलाई पायक पर्नेबित्तिकै अल्पमत र बहुमत कुरा गर्ने गरेको आरोपसमेत ओलीले दाहालमाथि लगाएका छन् ।

दाहाल अपारदर्शी र छलछाममा केन्द्रित भएको भन्दै ओलीले मन लागे पार्टी विघठन गरेर नयाँ दल गठन गर्न वा राजनीति नै त्याग्न सुझाब दिएका छन् ।

प्रतिवेदनको ९ बुँदामा ओलीले उल्लेख गरेका छन्, ‘’भत्काउने– बनाउने– फेरि भत्काउने‘ यस्तो विषयलाई गर्वको विषय बताउनु हुन्छ । अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ । विश्राम लिन पनि पाइन्छ ।” रेपोर्टर्स क्लबबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय