शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि नेकपा सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा असन्तुष्ट पक्षका तर्फबाट गत बैठकमा राखिएको प्रस्तावको प्रतिउत्तरमा ओलीले के लेखेका छन् त्यो भने स्पस्ट हुन सकेको छैन। केटिएम दैनिकबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय