बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्धारित स्थायी कमिटी बैठक स्थगित भएपछि आक्रोश नेता कार्यकर्ताले पार्टी कार्यालय धुम्बाराहीबाटै विद्रोहको बिगुल फुकेका छन् ।

ओली समूहबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर स्थायी समिति सदस्यको भेला स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिने निर्णय गरेका छन् ।

बिहीबार दिउँसो पार्टी कार्यालयमा बसेको भेलाले नेकपाका अध्यक्ष ओली तथा प्रचण्डलाई भेटेर दबाब दिने निर्णय गरेका छन् ।

बुधबारको सचिवालय बैठकमा ओली एकाएक उठेर भागेपछि एजेन्डा पारित हुन सकेन, जसले गर्दा बिहीबारका लागि निर्धारित बैठक बस्न नसकेको जनाइएको छ ।

भेलाले अध्यक्ष ओलीलाई दबाब दिनको लागि स्थायी कमिटी सदस्य भीम रावल र जनार्दन शर्मालाई नेतृत्वको जिम्मा दिएको छ ।

भेलामा सहभागी स्थायी समिति सदस्यले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर आगामी कदम चाल्न रावल र शर्मालाई जिम्मेवारी दिएका हुन् ।

धुम्बाराहीको छलफल अनौपचारिक भएको नेकपा स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।

पार्टीभित्र विवाद बढ्दै गएको, पार्टी बैठक टार्ने काम भएको, सरकार पार्टीप्रति जवाफदेही नभएको भन्दै स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै आएका छन् ।

पार्टीमा एक व्यक्ति एक पदको एजेन्डालाई स्थापित गराउने विषयमा भेलामा सहभागी सबै स्थायी कमिटी सदस्य एकमत भएका छन् ।

प्रधानमन्त्री ओलीले भने बहुमत सदस्यको एजेन्डालाई बेवास्ता गर्दै आफ्नो गुटका नेतालाई दोहोरो जिम्मेवारी दिएका छन् ।

ओली गुटका नेता शंकर पोखरेल प्रदेश ५ सरकारको मुख्यमन्त्री र प्रदेश इन्चार्ज भएकोमा वरिष्ठ नेता नेपाल समूहले चर्काे असन्तुष्टि व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय