मंगलबार , बैसाख ४, २०८१

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको बताएका छन् ।

 

 

बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै नेपालले नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताएका हुन् ।

 

 

 

नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘ सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन ।

 

 

 

‘त्यस्तै नेपालले दुई-दुई पटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि बताए । ‘संसद् नै भंग गरेर जबर्जस्ती देशलाई चुनावमा होम्न खोजियो । राज्यका निकायहरूलाई दुरुपयोग गरी चुनाव जित्ने प्रपञ्च रचियो ।

 

 

 

लोकतन्त्र र संविधान बचाउनका लागि हजारौँ नागरिक सडकमा उत्रिए । सर्वोच्चको फैसलापछि दोस्रो पटक पनि संसद् विघटन भयो,’ नेपालले भने ।त्यस्तै अध्यक्ष ओलीले आफ्ना ‘यसम्यान’ बटुलेर विधान संशोधन गरेको समेत नेपालको भनाइ थियो । ‘

 

 

 

ओलीले यसम्यानहरूलाई सामेल गरेर एकलौटी विधान संशोधन गर्नुभयो । एकलौटी कारबाही गरेपछि हामीलाई ‘तथास्तु’ र ‘आममाफी’ भयो भन्ने काम भयो । त्यसपछि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन त्यसमा राजामहाराजाहरूको गन्ध देखिन थाल्यो ।

 

 

 

नेकपा फुटाउन ओलीले नै भूमिका खेल्नुभयो,’ उनले भने ।अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको बताए ।

 

 

 

 

२०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकीकरणपछि नेकपा पार्टी बनेको थियो । एकीकरणको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरेपछि एमाले र माओवादी साविककै पार्टी कायम हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय