शुक्रबार , चैत्र १०, २०७९

काठमाडौं, ९ मङ्सिर : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पूर्वकप्तान पारस खड्कालाई भोट गर्न आग्रह गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसोसिएट राष्ट्रबाट दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका पारसलाई भोट गर्न उनले अनुरोध गरेका हुन्।

मैले त पारस दाईलाई भोट गरिसकेँ, तपाईँले गर्नु भयो त? सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्जा नुस् नेपाली क्रिकेटका जीवित महापुरुषलाई भोट गर्नुस्।उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन्।

सन्दीपले पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सहि कदर गर्ने समय आएको बताए। उनले भोट गर्ने लिंकसहित फेसबुकमा स्टाटस लेखेर भोट गर्न अपिल गरेका हुन्।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड ६ जनाको अन्तिम सूचीमा नेपालका खड्का परेका हुन्। उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन्।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ। उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ।

पारससँगै स्कटल्यान्डका काइल कोटजर, केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन्।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो।

१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरेका थिए।

नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि ट्वान्टी-२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ। खड्का राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए।

३३ वर्षीय पारसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र एक अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र तीन अर्धशतक बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय