शुक्रबार , चैत्र १६, २०८०

 

११ मंसिर २०७७, बिहीबार

काठमाडौं । त्रिशुलीमा खसेर बेपत्ता भएको लु.१ च. ९७३१ नम्बरको जिप फेला परेको छ । जिपसँगै अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द र काकी श्रीमती जमुना रोका र चालक सूर्य केसीको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा हराएको जिप र दुई जनाको शव फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार छोरी जेनिसाको खोजी कार्य जारी छ ।
‘जिप घटनास्थलमै फेला परेको छ । जिपसँगै चालक र घाइते (मुकुन्द रोका) की श्रीमतीको डेथबडी फेला परेको छ । छोरीको खोजी भइरहेको छ’ प्रजिअ भट्टराईले युगदर्शनसँग भन्नुभयो, ‘जिप निकाल्न सकिएको छैन । त्यसका लागि क्रेन लग्नुपर्ने देखिन्छ ।’
घटनास्थल मुग्लिनभन्दा २ किलोमिटर टाढा कुरिनटारतर्फ पर्दछ ।
छोरीको उपचारका लागि प्युठानबाट काठमाडौं आउँदै गर्दा अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको लु.१ च. ९७३१ नम्बरको जिप त्रिशुली नदीमा बिहीबार बिहान खसेको हो ।
दुर्घटनामा जिपका चालक, रोकाकी श्रीमती जमुना र छोरी जेनिसा बेपत्ता भएका थिए भने उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्क सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय