सोमबार , अषोज १७, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेकपा एमालेलाई धेरै प्रहार गर्नु ठीक नहुने बताएका छन्। शुक्रवार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

उनले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताए। आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको तर्क उनले गरे।

 

अध्यक्ष नेपालले अहिले निर्वाचन परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको तर्क गरे। त्यही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्सान भोगिरहेको दाबी उनले गरे।

 

‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ। त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो’, उनले भने, ‘यत्रो ठूलो पङ्क्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्सान एमालेलाई नै भएको छ। पार्टीलाई उचाइमा पुर्‍याउने क्षमता हामीमा छ। राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ। अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेको छैन। हामीले पनि प्रहार गर्नुहुँदैन। राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन।’

 

अध्यक्ष नेपालले अझै पनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको तर्क गर्दै त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको पनि बताएका छन्।

 

यो पनि पढ्नुहोस

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

 

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ? पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय