सोमबार , अषोज १७, २०७९

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुलाई सही विचारका लागि मात्रै गठबन्धन गर्न सुझाव दिनुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा आज आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था: चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले यस्तो सुझाव दिनुभएको हो ।

 

ओलीभन्दा अगाडि बोल्नुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिनुभएको थियो । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने श्रेष्ठको भनाई थियो ।

 

जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो धारणा राखे जसरी नै पार्टीमा लडन बक्ताहरुलाई सुुझाउनु भयो ।

 

‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने,’ ओलीले भन्नुभयो ।

 

बर्तमान गठबन्धन मुलुकका लागि निकै ठूलो दुर्भाग्यपूण बनेको दृष्टान्त राख्दै अव सही कुराका लागि लडन पनि ओलीको सुझाव छ । उहाल्े भन्नुभयो, ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको तथ्य पनि राख्नुभयो ।

 

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै अध्यक्ष ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको बताउनु भयो ।

 

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको बताउनु भयो । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको पनि उहाँको भनाई छ ।

 

‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधिले छाड्नपरेको थियो । उत्तरतिर नाका खोलेबापत, चुच्चे नक्सा छापेबापत मैले सत्ताबाट हट्नुपरेको हो,’ ओलीले भन्नुभयो ।

 

ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रह्योः उपेन्द्र यादव

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय